उद्देश्य
उच्च पहाडी क्षेत्रमा हुने विभिन्न तरकारी वालीको मुल तथा उन्नत बीउ उत्पादन गरी कृषक स्तरमा बिक्री वितरण गर्ने।
यस केन्द्र वरपरका कृषकहरुको खेती वारीमा भएको तरकारी र फलफुल खेतीमा देखा परेका समस्या बारे प्राबिधिक सरसल्लाह दिने।
तरकारी बीउ तथा फलफुलका विरुवा उत्पादन तर्फ तालिम कार्यक्रम आयोजना गरी कृषकहरुलाई गुणस्तरीय बीउ,बर्ना तथा बिरुवा उत्पादन गर्ने बारे जानकारी दिने।
गरिबी,अशिक्षा र अज्ञानताको कारणबाट तरकारी तथा फलफुल खाने बानी बसाली उनिहरुको स्वास्थ्यमा क्रमिक सुधार ल्याउने।
निजि क्षेत्रमा वृहत रुपमा ताजा तरकारी,तरकारी बीउ साथै फलफुलका विरुवा उत्पादन गर्ने कार्यक्रम संचालन गरी कृषकहरुको आय श्रोत बढाई जीवनस्तरमा सुधार ल्याउने।

