
कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
जुफाल, डोल्पा
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | वि.सं.२०३२ सालमा बागवानी फार्म मार्फा,मुस्ताङ्गको मातहतमा संचालन हुनेगरी कृषि नर्सरी उपकेन्द्र डोल्पाको नाममा डोल्पा जिल्लामा यस केन्द्रको स्थापना भएको हो।जब बागवानी फार्म मार्फा वि.सं.२०५० साल श्रावण महिना देखि राष्ट्रिय कृषि अनुसन्धान परिषदबाट हटाई कृषि विभाग लाई हस्तान्तरण भयो।त्यही समयबाट बागवानी फार्म मार्फाको नर्सरी उपकेन्द्र रुपमा रहेको यस केन्द्रलाई बागवानी केन्द्र,डोल्पाको नामबाट नयाँ कार्यालयको रुपमा स्थापना गरियो र सोही समय देखि यस केन्द्रले स्वतन्त्र रुपमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।परिचय तथा मध्य पश्चिमको दुर्गम उच्च हिमाली जिल्लाहरुमा बागवानी विकासको कार्यक्रम प्रभावकारी रुपमा संचालन गरी निम्न आय भएका स्थानिय कृषकहरुको जिवनस्तरमा सुधार गर्ने उद्देश्य लिई रोजगारीमा अभिबृद्धि गर्ने,आय आर्जनको अवसर प्रदान गर्ने कार्यमा यस केन्द्रले योगदान पुर्याएको छ।नेपालको भौगोलिक भु-बनावटले गर्दा उत्तर हिमाली जिल्ला त्यसमा पनि मुस्ताङ्ग,डोल्पा,जुम्ला र हुम्लामा स्याउ खेति तथा तरकारी बीउ उत्पादनको ठुलो सम्भावना रहेको छ।वि.सं.२०६१ श्रावण मा यस केन्द्रलाई वाली विशिष्ट नाम दिई शितोष्ण तरकारी बीउ उत्पादन केन्द्र नामाकरण गरिएको थियो।देश संघियतामा गए लगतै हाल आएर कर्णाली प्रदेश सरकारको निर्णय अनुसार शितोष्ण तरकारी बीउ उत्पादन केन्द्रबाट नाम परिवर्तन भई वि.सं.२०७६ साल देखि बागवानी विकास केन्द्र नामाकरण गरिएको छ।यस केन्द्रको प्राविधिक,आर्थिक एवं प्रशासनिक कार्य भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,कृषि विकास निर्देशनालय सुर्खेतको मातहतमा रहेको छ। | २०८२-०८-१८ | — |